सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रास्वपाको रोक

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रास्वपाको रोक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बन्न इच्छुकहरूलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा तथा प्रचारप्रसार गर्न रोक लगाएको छ ।

रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले हिजो आचारसंहिता पालनासम्बन्धी सूचना निकाल्दै यसअघि सामाजिक सञ्जालमा राखिएका प्रचारप्रसारका सामग्रीसमेत हटाउन निर्देशन दिएको हो ।

पार्टीले प्राइमरी चुनावमा सहभागी हुन चाहनेका हकमा भने प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचारप्रसार गर्न सकिने जनाएको छ ।