काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको नयाँ बानेश्वरमा बसेको छ ।
देउवा पक्षका चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षधरको भेला बसेको हो । देउवा पक्षकै ३० केन्द्रीय सदस्यले आज बिहान बेग्लै भेला गरी अपिलसमेत जारी गरेका थिए । ती केन्द्रीय सदस्य चुनावअघि महाधिवेशनका पक्षमा छन् ।
सभापति देउवा पक्षको नयाँ बानेश्वरमा आज दिउँसो भएको छलफलमा नेता कृष्णप्रसाद सिटौला, निवर्तमान सचेतक सुशीला थिङ र नेता एनपी साउदलगायत सहभागी छन् ।
देउवा पक्षका करिब ४० जना केन्द्रीय सदस्यहरू यो भेलामा सहभागी रहेको नेताहरूको भनाइ छ ।
संस्थापन पक्षका अधिकांश नेताहरूको असहमतिबीच पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका छन् । सोही विषयलाई लिएर भेला भएको हो ।


प्रतिक्रिया