समानुपातिक सूची सच्याउन माग गर्दै राप्रपा महिला नेताहरूले सुरु गरे अनसन

समानुपातिक सूची सच्याउन माग गर्दै राप्रपा महिला नेताहरूले सुरु गरे अनसन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उमेदवार सूची सच्याउन माग गर्दै महिला नेताहरूले विरोध जनाएका छन् ।

सूची सच्याउन दबाब दिन पुगेका महिला नेताहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको बताइएको छ ।

महिला नेताहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन् । उनीहरूले अनसन समेत सुरु गरेका छन् । समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको उनीहरूको आरोप छ ।

महिला नेताहरूको विज्ञप्तिमा बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा तथा खुस्बु ओलीलाई समानुपातिक सूचीबाट हटाउन माग गरिएको छ ।