गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने सुधनले गरे औपचारिक घोषणा

गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने सुधनले गरे औपचारिक घोषणा



काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

उनले आफू गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने जनाएका छन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ सुधनले फेसबुकमा लेखेका छन् ।

आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने उनले उल्लेख गरेका छन् । ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात,’ उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’