विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् : अध्यक्ष ओली

विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् : अध्यक्ष ओली

बैठकमा अध्यक्ष ओलीले गरेको सम्बोधनको पूर्णपाठ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने एमाले संविधानको रक्षा र राष्ट्रिय हितका लागि अन्य दलहरूसँग संवाद र समझदारी गर्न तत्पर रहेको स्पष्ट पारेका हुन् ।

देशका सामु उत्पन्न चुनौतीहरू अझै अन्त्य नभएको जिकिर गर्दै ओलीले वर्तमान समयमा लोकतन्त्र र संविधान सङ्कटमा रहेको दाबी गरे । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको उल्लेख गर्दै उनले समाजमा अराजकता, निषेध र हिंसाको धम्की अझै व्याप्त रहेको बताए ।

राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वैदेशिक चलखेलको जोखिम बढेको र राष्ट्रिय हितको रक्षामा नयाँ चुनौतीहरू थपिएको भन्दै उनले विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिएकाे बताए ।

अध्यक्ष ओलीले मुलुकमा केही पनि भएन भनेर जबरजस्त रूपमा नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै युवाहरूमा छाएको निराशा र अन्योललाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

समाजमा व्याप्त भ्रम र द्विविधा चिर्नका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच निरन्तर संवाद आवश्यक रहेको उनले औँल्याए । यही सन्दर्भमा उनले लोकतान्त्रिक शक्तिहरूलाई न्यूनतम समझदारी र सहकार्यका लागि औपचारिक आह्वान समेत गरेका छन् ।

बैठकमा अध्यक्ष ओलीले गरेको सम्बोधनको पूर्णपाठ