काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको शनिबार (आज) हुने पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको सम्मानमा पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको हो । दाहालको शुक्रबार साँझ निधन भएको थियो ।
शनिबार दोश्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले एक विज्ञप्ति जारी गर्दै पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ । आइतबार हुने विशेष महाधिवेशन समुद्घाटन समारोह भने उनको श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने सचिवालयले जनाएको छ ।



प्रतिक्रिया