काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो ।
आर्थिक समिति संयोजक हिमबहादुर रावलका अनुसार साढे ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी प्रतिनिधिको दर्ता भइसकेको छ । अहिले पनि यहाँ नाम दर्ता गराउनेहरूको लामो लाइन देखिन्छ ।
विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया