काठमाडौं । रास्वपा सहमहामन्त्री विपिन आचार्य समानुपातिक सूचीबाट बाहिरिएका छन् । उनी रास्वपाको बन्दसूचीमा खस आर्यतर्फ पहिलो नम्बरमा थिए । आचार्यले अब समानुपातिक छोडेर प्रत्यक्षमा लड्ने घोषणा समेत गरेका छन् ।
आचार्यले फेसबुकमा लेखेका छन्, ‘पार्टीभित्रको आन्तरिक बेथिति होस वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ । देशले विश्वास गर्ने फेस बन्न जरुरी हुन्छ । ब्याक फुटको लडाई लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन् त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने । समानुपातिक तर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्ष तर्फको यात्रा अघि बढाउँदै छु । साथ र सहयोगको अपेक्षा गर्दछु ।’


प्रतिक्रिया