विशेष महाधिवेशनमा आउन देउवा, खड्कालाई घिमिरेकाे आग्रह

विशेष महाधिवेशनमा आउन देउवा, खड्कालाई घिमिरेकाे आग्रह



काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा उनले यसलाई सय प्रतिशतको महाधिवेशन बनाउन आग्रह गरे ।

उनले भने, ‘पार्टीका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यूलाई म आग्रह गर्न चाहन्छु– आज मसँग तिक्तताको भण्डार सकिएको छ । आउनुहोस्, यो विशेष महाधिवेशनलाई सय प्रतिशतको महाधिवेशन बनाऔँ । आन्तरिक एकतालाई प्रवद्र्धन गरौं ।’

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई जिताउन अहिलेको क्षणलाई नजरअन्दाज नगर्न उनले आग्रह गरे । ‘यो क्षणलाई नजरअन्दाज नगर्नुस्,’ उनले भने ।