पाठाओका सञ्चालक काठमाडौं १ मा उम्मेदवार बन्ने

पाठाओका सञ्चालक काठमाडौं १ मा उम्मेदवार बन्ने



काठमाडौं । राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था, युवा पुस्ताले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्नु आफ्नो चाहना रहेको बताएका उनले कुन पार्टीबाट उम्मेदवार बन्ने भन्ने खुलाएका छैनन् । बस्न्यात तीनै व्यक्ति हुन् जसले जेन-जी आन्दोलन भड्काउने र सार्वजनिक निजी सम्पत्तिमा आगजनी गर्न खुलेआम उक्साउने काम सामाजिक संजालबाट भिडिओमार्फत नै गरेका थिए ।

पठाओ सञ्चालक बस्न्यातको भूमिका शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानको दायरामा ल्याउँदा जेन-जी अगुवाहरूको दबाबमा रोकिएको थियो ।