राप्रपाकाे पृथ्वीजयन्ती समारोहमा प्रधानमन्त्री कार्की सहभागी

राप्रपाकाे पृथ्वीजयन्ती समारोहमा प्रधानमन्त्री कार्की सहभागी



काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन् ।

आइतवार काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरु, राप्रपाका नेता, कार्यकर्ताहरु सहभागी भएका छन् ।

राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पुस २७ गते उनको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ । सो पार्टीले मुलुकलाई सही बाटोमा अघि बढाउन राजसंस्थाको आवश्यकता रहेको जिकिर गर्दै आएको छ ।