जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता

जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता

महन्थ ठाकुर संरक्षक, उपेन्द्र यादव अध्यक्ष



काठमाडौं । जसपा नेपाल र लोसपाबीच पार्टी एकताको औपचारिक सम्झौता गरिएको छ ।

उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्दै नेताहरूको कार्यविभाजन समेत गरेका छन् । जसअनुसार ठाकुर संरक्षक रहने र यादव अध्यक्ष रहने सहमति बनेको छ ।

एकीकरण सम्झौतासँगै ४३ सदस्यीय केन्द्रीय कमिटी पनि घोषणा गरिएको छ । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ ।