काठमाडौं । राष्ट्रियसभामा कोशी प्रदेशबाट अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
एकल उम्मेदवार रहेका थापालाई निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आज निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआइपुग्दा कांग्रेसका थापाको एकल उम्मेदवारी परेको थियो ।
आयोगले आज राष्ट्रियसभा चुनावका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । राष्ट्रियसभा चुनावको मतदान आउँदो माघ ११ गते हुँदैछ ।
१८ जनाका लागि हुन लागेको चुनावमा एक जना निर्विरोध भएकाले अब १७ पदका लागि मतदान हुनेछ । चुनावमा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् ।


प्रतिक्रिया