काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूचीबाट ५० जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले सोमबार (पुस २८) का लागि समानुपातिकतर्फका उमेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने तालिका निर्धारण गरेको थियो । जसअनुसार सोमबार दिउँसो सवा २ बजेसम्म ५० जना उमेदवारहरूले आफ्नो नाम फिर्ता लिनका लागि आयोगमा निवेदन दिएका हुन् ।


प्रतिक्रिया