काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् ।
सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ ।
जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।
२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन गर्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ ।


प्रतिक्रिया