कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ ।

भोलि बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ ।