काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बन्द सत्र चलिरहँदा बाहिर प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।
उनीहरूले जारी विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति भंग गर, नीति र नेतृत्व दुवै फेर्नुपर्ने माग गरेका छन् । ‘नीति मात्रै बन्दैनौं’, ‘झुठो वार्ता मान्दैनौं’ , ‘नीति र नेतृत्व परिवर्तन गर्’ लगायतका नारा लगाएका छन् ।
सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक दिनुपर्ने, सभापति देउवाको हस्ताक्षर नचल्ने र उनी चुनाव पनि नलड्ने अडान विशेष पक्षको अडान छ । साथै विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्यान्वयन गर्नुपर्ने अडान विशेष पक्षको छ ।


प्रतिक्रिया