काठमाडौं । सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छन् ।
सायमी आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । चुनावको केही समय अगाडि उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।
सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिए । ‘भोलि एकता हुँदैछ’ सायमीले भने । एकता सभा भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा राखिएको छ ।
२०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौँ महानगरपालिकाको मेयरमा उठेका थिए । त्यसबेला १३ हजार ७७० जना मत पाए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भएका थिए ।


प्रतिक्रिया