काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट पेस गरेका हुन् ।उनले निर्वाचन तालिका सम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल स्थगितको माग गरेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाकाे माग गर्दै यसअघि दायर भएको रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएकोले रिट दायर गरेको अधिवक्ता शर्माले जानकारी दिए । सो रिटको पेसी आउँदो माघ ६ गतेका लागि तोकिएको शर्माले बताए ।


प्रतिक्रिया