विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक

विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान गरेको छ ।

आज केहीबेरअघि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन् ।

त्यस्तै समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ हो । यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४ छ । समितिका अनुसार अहिले जम्मा महाधिवेशन प्रतिनिधिको संख्या ४६३८ रहेको छ ।

विशेष महाधिवेशन मूल आयोजनक समितिका संयोजक मनोजमणि आचार्य अहिले एक साथ तीनवटा काम भइरहेको बताए ।