काठमाडौं । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले भने, ‘सम्माननीय प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।’


प्रतिक्रिया