काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचनका लागि ३० वटा मनाेनयपत्र वितरण गरिएको छ । निर्वाचन समितिका अनुसार सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनाेनयपत्र वितरण गरिएको हो ।
साढे ३ बजेसम्म उक्त संख्यामा मनाेनयपत्र वितरण गरिएको हो । जसमा ३ वटा सभापति पदको मनोनयनपत्र वितरण गरिएको छ भने बाँकी अन्य पदाधिकारीका लागि वितरण गरिएको हो ।
साँझ ५ बजेपछि मनाेनयपत्र दर्ता हुने बताइएको छ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ ।


प्रतिक्रिया