कांग्रेस शीर्ष नेताहरूकाे छलफल सानेपामा जारी

कांग्रेस शीर्ष नेताहरूकाे छलफल सानेपामा जारी



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टै छलफलमा बसिरहेका छन् ।

छलफलमा खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि लगायत नेताहरु छन् । यता केन्द्रीय सदस्यहरू भने बाहिर केन्द्रीय समिति बैठकका लागि बसेका छन् ।

नेताहरूका अनुसार शीर्ष नेताहरूकाे बैठक सकिएपछि मात्रै केन्द्रीय समिति बैठक सुरु गर्ने तयारी छ ।

नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरुप बालुवाटारमा दुई पक्षीय वार्ता जारी छ । महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता भइरहेको हो ।