समानुपातिक बन्दसूचीबाट १ सय ७५ जनाले नाम फिर्ता लिन निवेदन दिए

समानुपातिक बन्दसूचीबाट १ सय ७५ जनाले नाम फिर्ता लिन निवेदन दिए



काठमाडौं । प्रतिनिधिसभा चुनावका लागि समानुपातिक बन्दसूचीबाट १ सय ७५ जनाले नाम फिर्ता लिन निवेदन दिएका छन् । नाम फिर्ता लिने समय हिजो दिउँसो ४ बजेसम्म थियो ।

लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) एकीकरण भएपछि लोसपाका १ सय १० जना समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका कारण सङ्ख्या ठूलो देखिएको छ ।

गएको पुस १३ र १४ गते दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरि ६४ वटा दलका तर्फबाट बन्दसूची बुझाइएको थियो । सबै दलबाट गरि समानुपातिकतर्फ ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समेटिएको छ ।

उम्मेदवारले फिर्ता लिएका कारण रिक्त रहेको ठाउँमा अर्को उम्मेदवारको नाम पठाउन भाेलिदेखि माघ २ गतेसम्मको कार्यतालिका छ ।