काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले मंगलबार रातभरमा पार्टीको विवाद मिल्न सक्ने बताएका छन् । मंगलबार सानेपमा सञ्चारकर्मीसँग कुराकानी गर्दै घिमिरेले वार्ता सकारात्मक भइरहेको भन्दै भोलिसम्म कुरा मिल्न सक्ने बताए ।
‘वार्ता प्रक्रिया चलिरहेको छ । आज रातभरिमा सहमतिको विन्दुमा पुग्छौँ । वार्ता सकारात्मकतर्फ उन्मुख छ । उहाँहरूले केही कुरा राख्नुभएको छ । पार्टीले कति हदसम्म स्वीकार्ने भनेर छलफल गर्छ,’ उनले भने, ‘त्यो विषयले आज रातभरमा आकार ग्रहण गर्छ । भोलि एक भएर पार्टीलाई अगाडि बढाउँछौँ ।’
त्रिपक्षीय वार्ताको निष्कर्ष आएपछि केन्द्रीय समिति बैठक बस्ने उनले बताए । मंगलबार नै निष्कर्ष आए आजै बस्ने नभए भोलि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले जानकारी दिए ।
विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सार्दै विशेष पक्षधर पनि पार्टी संस्थापनपक्षसँग छलफल गरिरहेको छ ।


प्रतिक्रिया