कांग्रेस विशेष महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदन पारित



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसकाे दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ ।

बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए । महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।

महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै आजका लागि बन्दसत्र सकिएको प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिए ।