कांग्रेसमा नेतृत्व छान्न विद्युतीय भोटिङ मेसिन प्रयोग हुने

कांग्रेसमा नेतृत्व छान्न विद्युतीय भोटिङ मेसिन प्रयोग हुने

पदाधिकारीका सबै पदमा पर्‍यो उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धा हुने पदमा विद्युतीय भोटिङ मेसिनद्वारा चुनाव गराइने बताएका हुन् ।

विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्र नयाँ नेतृत्व चयनतर्फ अग्रसर भएको छ । निर्वाचनका लागि सबै पदमा उम्मेदवारी दर्ता भएको छ ।

बुधबार बिहान ११ बजेसम्म मनोनयन फारम वितरण र उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ । सबै पदमा उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए ।

‘मनोनयन फारम वितरण र उम्मेदवारी दर्ताको सबै कार्यक्रम ११ बजे सकियो । सबै पदमा उम्मेदवारी परेको र दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशन तयारी छ,’ उनले भने, ‘सकेसम्म सर्वसम्मत गर्ने कुरा छ, यो राजनीतिक पाटो भयो ।’