काठमाडौं । पाकिस्तानी मूलका अमेरिकी तीव्र गतिका बलर अली खानले आफूलाई भारतले भिसा दिन ‘अस्विकार’ गरेको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा भारतले भिसा नदिएको कुरा लेखेका छन् ।
सन् २०२६ को टी-२० विश्वकपको उदघाटनमा फेब्रुअरी ७ मा मुम्बईमा अमेरिका र भारतबीच खेल हुँदैछ ।
अहिले अमेरिकाको राष्ट्रिय टोली प्रशिक्षण क्याम्पका लागि श्रीलंकाको कोलम्बोमा छ । प्रशिक्षण टोलीमा रहेका खानले यसबारे थप विस्तृत जानकारी भने दिएका छैनन् ।
अमेरिकाले विश्वकपका लागि अन्तिम टोली घोषणा गरिसकेको छैन । तर, अहिले कोलम्बोमा रहेका १८ खेलाडीमध्येबाटै अन्तिम १५ जना छनोट हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया