निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री



जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक सरकारको बनेको स्पष्ट पार्दै यसको अहिलेको प्रमुख कार्यभार भनेकै देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।

मधेश प्रदेश सरकार, गृह मन्त्रालय र प्रदेशकै गृह, सञ्चार र कानुन मन्त्रालयको संयुक्त आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन मन्तव्यमा बोल्नु हुँदै उहाँले सो कुरा बताएका हुन् ।

गृहमन्त्री अर्यालले यो नागरिक सरकार भदौ २३ र २४ गतेको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेनजी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको अवस्था स्पष्ट पारे ।

उनले भने, ‘यो नागरिक सरकार भएकैले पनि नागरिक र युवापुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ त्यसैले पनि यो सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन ।’