आगामी आवका लागि एन्फाले पारित गर्‍यो डेढ अर्बभन्दा बढीको बजेट

आगामी आवका लागि एन्फाले पारित गर्‍यो डेढ अर्बभन्दा बढीको बजेट



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२६ का लागि डेढ अर्बभन्दा बढीको बजेट पारित गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फा कार्यसमितिको बैठकले आगामी आर्थिक वर्ष (२०८३/८४) का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बजेट पारित निर्णय गरेको हो ।

त्यस्तै, बैठकले आर्थिक वर्ष २०८१\८२ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय पनि गरेको छ ।