कांग्रेसले गर्‍यो गगन, विश्व र फरमुल्लाहलाई ५ वर्षको कारबाही

कांग्रेसले गर्‍यो गगन, विश्व र फरमुल्लाहलाई ५ वर्षको कारबाही



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।

विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्दसत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरि चुनावी प्रक्रिया अघि बढाएका छन् ।

पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका भए पनि सहमति नभएपछि आज बसेको केन्द्रीय समितिले थापा, शर्मा र मन्सुरलाई कारबाही गरेको हो ।