भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ताले गरे देउवाको विरोधमा चर्को नाराबाजी

भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ताले गरे देउवाको विरोधमा चर्को नाराबाजी



काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले तीन पदाधिकारीलाई कारबाहीको घोषणा गरेसँगै पार्टी विभाजनको अवस्थामा पुगेको छ ।

विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेकै बेला संस्थापनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेको हो ।

यो निर्णयसँगै विशेष महाधिवेशन स्थलमा भने कार्यकर्ताहरू आक्रोशत भएका छन् । विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाको विरोधमा र गगन र विश्वकाे पक्षमा चर्को नाराबाजी गरिरहेका छन् ।