फुटको गतिविधि नरोकिएकाले तीन नेतालाई कारबाही गर्नुपर्याे : विमलेन्द्र निधि

फुटको गतिविधि नरोकिएकाले तीन नेतालाई कारबाही गर्नुपर्याे : विमलेन्द्र निधि



काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फुटको गतिविधि नरोकिएकाले तीन नेतालाई कारबाही गर्नुपरेको बताएका छन् ।

उनले केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । ‘फुटको गतिविधि नरोकिएपछि कारबाही नगर्न सकिएन,’ उनले भने ।

भर्खरै सकिएको बैठकले महामन्त्रीद्वय गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको छ ।