माघ ४ मा एमालेकाे काठमाडौंमा शक्ति प्रदर्शन

माघ ४ मा एमालेकाे काठमाडौंमा शक्ति प्रदर्शन



काठमाडौं । नेकपा एमालेले माघ ४ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर काठमाडौंंमा ४ गते विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने तयारी भएको बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले बताए ।

जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीबाट सम्बोधन हुने बताए । सभालाई अध्यक्ष ओलीले सम्बोधनसँगै चुनावको लागि आवश्यक निर्देशन दिने बताए । बागमतीको १८ सीटमा एमालेले अधिकतम जित्ने गरी रणनीति बनाइरहेको बताए ।