यहाँ जीतहार कसैको छैन, घर फर्कौँ : शेखर कोइराला

यहाँ जीतहार कसैको छैन, घर फर्कौँ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकतावद्ध राख्ने भागिरथ प्रयास सफल हुन नसकेको बताएका छन् । आज एक वक्तव्य जारी गदै सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार गरेका छन् ।

उनले भनेका छन्, ‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी एक भएर होमिनुपर्ने मान्यता रहेको उनले उल्लेख गरेका छन् । तर, एकता जोगाउन नसकिएको उनले बताएका छन् ।

कांग्रेस विभाजन हुँदा विगतमा पनि जनताले विश्वास गरेको उनले स्मरण गरेका छन् । यसपटक पनि त्यो भरोसालाई कायम राख्ने विश्वास उनले व्यक्त गरेका छन् ।