काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इयान हार्भेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।
क्यानले आगामी टी–२० विश्वकप तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै अनुभवी प्रशिक्षक हार्भेलाई टोलीमा समेटेको हो ।
टी–२० विश्वकप ७ फेब्रुअरीबाट भारत र श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । भारत र श्रीलंकाका ८ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ ।
नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा समान दुईपल्टको च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बंगलादेश छन् ।


प्रतिक्रिया