आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगमा छलफल

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगमा छलफल



काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका आयुक्तहरूले दलका प्रतिनिधिहरूसँग आज छलफल गरेका हुन् । माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् ।