साफ पुरुष फुटसल च्याम्पियनशिप : श्रीलङ्कालाई हराउँदै नेपालको विजयी शुरुआत

साफ पुरुष फुटसल च्याम्पियनशिप : श्रीलङ्कालाई हराउँदै नेपालको विजयी शुरुआत



काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले विजयी शुरुआत गरेको छ । थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई २–१ गोलले हरायो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ ।

यस्तै महिलातर्फ नेपालले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।