काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार शनिबार माघ तीन गते दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले शनिबार उम्मेदवाहरूको नामावलीलाई अन्तिम रूप दिने तयारी गरेको हो ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन् ।
दुर्गमा भेगमा रहेका उम्मेदवारहरूलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले भोलि सचिवालय बैठक बसेर उम्मेदवार टुंग्याउन लागेको हो ।


प्रतिक्रिया