निर्वाचन आयोगबाहिर देउवा र गगन पक्षको बेग्लाबेग्लै नाराबाजी

निर्वाचन आयोगबाहिर देउवा र गगन पक्षको बेग्लाबेग्लै नाराबाजी

आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा



काठमाडौं । निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै समूह नाराबाजीमा उत्रिएका छन् । कान्तिपथस्थित आयोगको कार्यालयअगाडि रुख चिन्ह र चारतारे झण्डा माग गर्दै दुवै समूहका समर्थकहरु नाराबाजीमा उत्रिएका हुन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूह निर्वाचन आयोगमा जाँदा सभापति शेरबहादुर देउवा पक्ष पनि पुगेर नाराबाजी गरेका हुन् ।

गगन पक्ष बाहिरिए लगत्तै आयोगसँग छलफलको लागि देउवा पक्ष पुगेको हाे । अहिले देउवा पक्ष र गगन पक्ष दुवैले निर्वाचन आयोग बाहिर नाराबाजी गरिरहेका छन् ।

आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता-कार्यकताले नाराबाजी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अहिले निर्वाचन आयोगको मुख्यद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ ।