काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएका छन् ।
अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका छन् । थापा समूह आयोग परिसर भित्र छ भने देउवा समूह बाहिर छ ।
बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका हुन् । कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता-कार्यकताले नाराबाजी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रतिक्रिया