देउवा पक्षमा उभियो कांग्रेस सुदूरपश्चिम संसदीय दल

देउवा पक्षमा उभियो कांग्रेस सुदूरपश्चिम संसदीय दल



काठमाडौं । कांग्रेस केन्द्रमा देखिएको विवादकाबीच सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले पार्टीभित्र देखिएको विवादमा सभापति शेरबहादुर देउवाको साथमा रहने निर्णय गरेको छ ।

‘पार्टी केन्द्रमा देखिएको विवाद दुःखद हो । हामी सबै सभापति शेरबहादुर देउवाको साथमा उभिने निर्णय भएको छ’ प्रमुख सचेतक विक्रम धामीले भने ।

कांग्रेस सुदूरपश्चिम संसदीय दलमा १८ जना सांसद रहेका छन् । बैठकमा ११ जना सांसदको सहभागिता रहेको थियो । अन्य सांसदहरू जानकारी दिएर बाहिर रहेको र उनीहरूले पनि निर्णयलाई समर्थन गरेको बैठकमा बताइएको थियो ।