काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादव केही नेता-कार्यकर्तासहित जसपा नेपालमा प्रवेश गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौं नेता कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले स्वागत गरे ।
तत्कालीन माओवादीबाट मन्त्री बनेका रामेश्वरले सर्लाही ३ मा टिकट मागेका थिए । त्यहाँ पार्टीले नारायणकाजी श्रेष्ठलाई अघि सारेपछि उनी असन्तुष्ट बनेका हुन् ।
उनीसँगै सर्लाही क्षेत्र नम्बर ३ स्थित चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा भित्रिएका छन् ।


प्रतिक्रिया