काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाह घण्टीघरमा पुगेर छोटै समयमा फर्किएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा उनी १० मिनेटमात्रै बसेर निस्किए ।
आजै जनकपुर जाने कार्यक्रम तय भएकाले धेरैबेर उनी नबसेको एक नेताले जानकारी दिए । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिएका छन् । उनलाई स्वागत गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायत नेताहरू प्रांगणमै आएका थिए ।
घन्टी बजाएर पार्टी प्रवेश गरेका बालेनले रास्वपामा पदभार पनि ग्रहण गरे । त्यसलगत्तै उनी पार्टी कार्यालयबाट बाहिरिएका छन् ।
बालेनलाई स्वागत गर्न रास्वपा कार्यकर्ताहरूले लामो प्रतीक्षा गर्नुपरेको थियो । एक बजे आउने पूर्वनिर्धारित कार्यक्रम भए पनि बालेन पौने ४ बजे मात्रै आइपुगे । बालेन आउने भनेपछि १२ बजेदेखि नै कार्यालयबाहिर भिड जम्मा भएको थियो ।
बालेन आउँदा रास्वपा कार्यकर्ताले नारावाजी र हुटिङ गरेर स्वागत गरेका थिए । भिड छिचोलेर कार्यालयभित्र प्रवेश गरेका छन् ।


प्रतिक्रिया