काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै बोर्ड बैठक बस्ने भएको छ ।
आइतबार अपराह्न साढे ४ बजे काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बोर्डको बैठक बस्ने भएको हो ।
बैठकमा राजीनामा दिएका बालेन पनि सहभागी हुँदैछन् । उनलाई महानगरले धन्यवाद तथा बिदाइ गर्ने तयारी छ । उनको राजीनामासँगै सुनिता डंगोल काठमाडौं महानगरकी कार्यवाहक मेयर भएकी छन् ।


प्रतिक्रिया