काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् ।
शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट दिएको थियो । चर्को विरोध भएपछि पार्टीको निर्णय सच्चिएको हाे । पार्टीले बिष्णुप्रसाद पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्या अर्यालले भनिन् ।
बिष्णु पौडेल रुपन्देही–२ बाट चुनाव लड्न निश्चित भएपछि पाल्पा–२, को उम्मेदवारबारे अर्को निर्णय गर्न छलफल चलिरहेको छ । यो क्षेत्रबाट गत चुनावमा ठाकुर गैरेले जितेका थिए ।


प्रतिक्रिया