बालेन र रवि जनकपुर पुग्दा समर्थककाे भिडले फुट्याे विमानस्थलको सिसाको ढोका

बालेन र रवि जनकपुर पुग्दा समर्थककाे भिडले फुट्याे विमानस्थलको सिसाको ढोका



जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ट नेता बालेन शाह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर शाह लामिछानेसँग जनकपुर उडेका हुन् ।

रास्वपा सभापति लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेतालाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरे ।

उनीहरूलाई स्वागत गर्ने क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका समेत फुटेको छ । जनकपुर विमानस्थलबाट बाहिर निस्किने क्रममा ढोकामा समर्थकहरूको ठूलो भिड लागेको थियो ।

एकआसपमा धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेपछि बालेन र रवि केहीबेर भित्रै रोकिएका थिए ।