समानुपातिक निर्वाचनमा ६३ दल : ३२ सय १३ उमेदवार

समानुपातिक निर्वाचनमा ६३ दल : ३२ सय १३ उमेदवार



काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उमेदवारको सूची सार्वजनिक गरेको छ ।

आयोगले आइतबार समानुपातिकतर्फ ६३ राजनीतिक दलबाट पेस भएका ३२ सय १३ उमेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । गएको पुस १३ र १४ गते समानुपातिक उमेदवारी दर्ता भएको थियो ।

समानुपातिक बन्दसूचीमा नाम समावेश भएका उमेदवारको योग्यताको सम्बन्धमा दाबीविरोध गर्न चाहने कुनै मतदाताले यही माघ ५ देखि माघ १० गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई गर्न आयोगले आग्रह गरेको छ । दाबीविरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।