काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले आफू बीपी कोइरालालाई भगवान् र आदर्श मानेर राजनीतिमा आएको बताएका छन् ।
आम निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै उनले रुख चिन्ह र चारतारे झन्डाबाहेक अरू सोच्न वा कल्पना गर्न पनि नसक्ने स्पष्ट पारेका हुन् ।
भोलि माघ ६ गते आम निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको भन्दै खड्काले काठमाडौँ तथा सङ्खुवासभामा रहेका सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन् । उनले सङ्खुवासभाको खाँदबारीस्थित पार्टी कार्यालयमा बिहान १० बजे जम्मा भई निर्वाचन कार्यालयमा जाने मनोनयन प्रक्रियामा सहभागी हुन अनुरोध गरे ।
खड्काले सङ्खुवासभाका सम्पूर्ण मतदाता तथा कांग्रेस नेता–कार्यकर्तालाई रुख चिन्हमा मतदान गर्न र गराउनसमेत अपिल गरेका छन् । बीपी कोइरालाले जन्माएको पार्टीको चुनाव चिन्ह र झन्डाप्रति आफ्नो पूर्ण निष्ठा रहेको उनको भनाइ छ ।


प्रतिक्रिया