झापा २ मा सभामुख र निवर्तमान उपसभामुख प्रतिस्पर्धामा

झापा २ मा सभामुख र निवर्तमान उपसभामुख प्रतिस्पर्धामा



झापा । झापा क्षेत्र नम्बर २ को चुनाव रोचक हुने देखिएको छ । सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर यहाँ प्रतिस्पर्धामा छन् ।

घिमिरे नेकपा एमालेबाट र राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । अरू दलहरूले पनि झापा २ मा उम्मेदवारी दिनेछन् ।

घिमिरे २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने राना मगर रास्वपा समानुपातिकबाट सांसद हुँदै उपसभामुख बनेकी थिइन् ।

उनले पुस १३ गते पदबाट राजीनामा दिएकी थिइन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ ।